‘पुरानो बुलेट’ मा नायक अनुपले माला र वर्षा लाई घुमाउदै चैत्र १ गते देखि ( भिडियो हेर्नुस् )

नमस्ते अन्लाईन टिभी काठमाडौँ : चैत्र १ गते देखि रिलिज देश भर रिलिज हुन लागेको चलचित्र ‘पुरानो बुलेट’ को आज देखि ट्रेलर सार्वजनिक भएको छ ।
उक्त चलचित्रको ट्रेलरमा अनुप विक्रम शाहीको बाइक स्टन देख्न सकिन्छ । फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा, पटकथा सन्तोष राई र भिषण राईले तयार पारेका हुन् ।
भिषण राईले निर्देशन गरेको फिल्मलाई अशोक कुमार राई, टिका राम राई, विरेन र दिपेन लिम्बुले निर्माण गरेका हुन् । हरि घले लामाको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्म चैत्र १ गते देखि रिलिज हुँदैछ ।
comments