गायक उमेश राईको ‘ट्याम्के र सेल्मे’ पुर्वेली जुहारी गीत सार्बजनिक (भिडियोसहित)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : गायक उमेश राईको ‘ट्याम्के र सेल्मे’ पुर्वेली जुहारी गीत सार्बजनिक भएको छ । नेपाली गीत संगीत क्षेत्रमा पुर्वेली कलाकारहरुको निकै राम्रो जमघट भैरहेको बेलामा उमेश राई पनि तातेको देखिन्छ ।
केहि दिन अगाडी राजधानीको चावहिल स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण गरिएको हो ।
फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ । देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन् ।
कार्यक्रममा पूर्वी नेपालमा गाइने यो जुहारी भाका लोपन्मुख रहेको भन्दै यसको संरक्षण र सम्बद्र्धनका लागि आफूहरुले गीत र भिडियो मार्फत स्रोता/दर्शकमाझ ल्याएको उमेश राईले बताए ।
यस्तै अतिथिहरुले उमेशले उदाहरणीय कार्य गरेको भन्दै उनको कार्यको प्रशंसा र बधाई तथा शुभकामना दिएका थिए । उनीहरुले यो गीतले पूर्वेली लोक जुहारी गीतको प्रतिनिधित्व गरेको र भिडियो पनि गीत सुहाउँदो संस्कार संस्कृति झल्किने रहेको बताए ।
कार्यक्रममा कला साहित्य र सञ्चार क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो
comments