सृशा कुवंरले लिएर आइन चर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन
गायिका तथा मोडेल सृशा कुँवरले बहुचर्चित गित बिस्तारै बिस्तारैको फिमेल भर्जन बजार लिएर आएकी छन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो । अहिले सोहि गित गायिका सृशा कुँवरको आबाजमा उत्तिकै मिठास शब्द र संगीतका साथ बजारमा आएको छ । तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियालेले बजारमा लिएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् ।
comments