दुर्गेश थापालाई आलु जस्तो गायक भन्नेहरुलाई गीतै बाटै दिए जवाफ दिदै (भिडियो सहित )

नमस्ते अनलाईन टिभी काठमाडौँ :चर्चित मोडल तथा गायक दुर्गेश थापाले एक टेलिभिजन अन्तर्वार्तामा बेसुरा गीत गाएपछि गालि खाए । थुप्रै दर्शक तथा गीतसंगीतकै सर्जकले नकारात्मक प्रतिक्रिया जनाउन थाले । उनले त्यसपछि सामाजिक सञ्जाल तथा कुनैपनि मिडियामा प्रतिक्रिया जनाएनन् । अहिले उनले सबै प्रश्नका उत्तर एउटै गीतमार्फत दिएका छन् । उनले गीतमार्फत भनेका छन्, ‘होहो माले भन्ने मान्छे गायक भो बबाल, नगर सवाल ।’
दुर्गेशले गाएको आलु जस्तो गायक बोलको गीतमा बसन्त थापाको शब्द तथा संगीत छ । कृष्ण बिकले एरेन्ज गरेको उक्त गीतको भिडियोमा दुर्गेश सँगै नायक पल शाह र पुष्प खड्काले नृत्यु गरेका छन् । यस्तै भिडियोमा सारिका केसीले अभिनय गरेकी छिन् । भिडियोमा कलर तथा सम्पादन मिलन बिश्वकर्माको रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो शिव बि.कले निर्देशन गरेका छन् ।
comments