गायक पवन ओली र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’सार्बजनिक(भिडियो सहित )

नमस्ते अन्लाईन टिभीको काठमाडौँ : गायक पवन ओली र बिष्णु माझीको आवाजमा लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’सार्बजनिक भए संगै छोटो समयमा चर्चा बटुल्दै छ। नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी र नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लागेका अग्रज गायक पवन ओलीले आवाज दिएको लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ शुक्रबार ९आज० बाट बजारमा आएको छ ।
नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका लोकप्रिय निर्देशक शिब बिकले निर्देशन गरेका छन् । एलिजा र पलको दोहोरीमा यो नै पहिलो भेट भएको यस भिडियोमा आफ्नो निकै मेहनत रहेकोले भिडियो समेत उत्कृष्ट भएको शिब बिकको भनाई रहेको छ ।सल्यान बागचौर नगरपालिका–११, बाँफुखोला लेख जन्मघर भई हाल अमेरिका बसोबास गर्ने गायक पवन ओलीका यस अघि ९ माछि बस्यो,परदेशको बास,गरिबको जीन्दगी,बुटवल बसपार्क,अक्षतामा दही ,फुलसिमीको पात ० लगायत थुप्रै गीत लोकप्रिय भैसकेका छन् ।यस गीतले पनि अन्य गीतहरुजस्तै दर्शक श्रोताको माया पाउनेमा आफु आशाबादी रहेको गायक पवन ओलीको भनाई रहेको छ ।
comments