चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक (भिडियो सहित)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । कल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोबर गणेश “को २०७७ भाद्र १८ गते काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको थियो भने चलचित्रको छायांकन सकिएको छ भने अहिले उक्त चलचित्रको पहिलो आइटम गीत ‘अमिलो मोई’ सार्बजनिक भैसकेको छ। नायिका एलिना रायमाझीको नित्य रहेको ‘अमिलो मोई’ हेर्दा चलचित्र निकै राम्रो बनेको आभाष गर्न सकिन्छ ।
निर्देशक कल्याण अधिकारीको काम पनि तारिफ योग्यनै छ भने उक्त गोबर गणेश चलचित्र मा प्रमुख पात्र जय किसान बस्नेत हुनुहुन्छ भने अन्य कलाकारमा सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का शिशिर भट्टराई ,टेकेन्द्र न्यौपानेर सम्पूर्ण सुनार, प्रेम दूध राज,देव गौतम,सुबिन थिङ अन्य पात्रहरु अभिनय गर्दै हुनुहुन्छ।यसै गरि चलचित्र को प्राबिधिक तर्फ द्वन्द्व निर्देशन राजु किराँतले गर्दै हुनुहुन्छ संगीत माधव भण्डारी र रिमेस कुमार हुनुहुन्छ भने सम्पादन अनिल कुमार महर्जन,कथा भोमन कटुवाल, संवाद भोमन कटुवाल र कल्याण अधिकारी छायांकन मोहन कुमार झिल्लु ,पोस्ट प्रोडक्सन xenex मिडिया नेपाल रहेको छ। उक्त गीतमा निशान भट्टराई , एलीना चौहानको आवाज रहेको छ। यस चलचित्र निर्माता हरि कुमार कटुवाल हुनुहुन्छ ।।
comments