कलाकार देखि पत्रकारहरुको जमघट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभामा

नमस्ते अनलाईन टिभी काठमाडौँ : नेपाली लोक गीत संगीतको उत्थानमा बिगत २० बर्ष देखि लाग्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। प्रतिष्ठानको आफ्नै केन्द्रीय भवन टोखा नगरपालिका–७ तिलिङटारमा भव्यताका साथ् कार्यक्रम सफल भएको छ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सर्जक रमेश बिजिको सभापतित्वमा उक्त कार्यक्रम सफल भएको हो। दोहोरी प्रतिष्ठानले यस अगाडी वार्षिक साधारणसभा बिभिन्न जिल्लाहरुमा गर्दै आएको थियो। यस बर्ष भने सस्थाले कोरोनाकै कारण आफ्नै भवनमा कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार नारायाण रायमाझी, राजन लम्साल, संरक्षक पृथ्वी थकाली, संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्म, निवर्तमान अध्यक्ष बद्री पंगेनी .पुर्व केन्द्रीय सदस्य कृष्ण कंडेल,पुर्व महासचिब बिष्णु खत्री र विभिन्न केन्द्रीय तथा आजिवन सदस्य कलाकारहरुको सहभागीता थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी उपस्थित हुनुहुन्थ्यो।प्रमुख अतिथिको रुपमा रहेका मेयर प्रकाश अधिकारीले दोहोरी क्षेत्रका कलाकारहरुले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन।आफु मेयर रहेकै ठाउँमा प्रतिष्ठानको भवन रहेको हुदा अझै उत्साहित रहेको र सधै सस्थालाई साथ् सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन।
प्रतिष्ठान टोखा नगरपालिकामै रहेको कारण अझ उक्त क्षेत्रले बिकाशको मुहार फेरेको समेत बताए।बद्री पंगेनीको पहलमा स्वर्गीय रविन्द्र अधिकारी सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनको कार्यकालमा सरकारको तर्फबाट आर्थिक रकम प्रतिष्ठानलाई उपलब्ध भएको कार्यक्रममा स्मरण गरे ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीको पहलमा भवन निर्माण भएको थियो।उहाकै पहलमा निर्माण भएको भवनमा यो बेला दोहोरी क्षेत्रमा हुने गतिबिधि देखि लिएर दैनिक संगीत कक्षा र नृत्य कक्षा समेत गर्दै आएको छ।
अग्रज कलाकार तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङले आफु सस्था खोल्ने समयलाई सम्झिदै भने ‘सुरुमा जति दुख पाएको थिए त्यसको ठिक खुसि आज मिलेको छ,कलाकारहरुको उर्जाले आज सस्थाले जे लक्ष बोकेर अगाडी बढेको थियो सोहि भयो।’
प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रिता थापामगरले गरेकी थिइन् ।
स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशीसहित स्मृति पुरस्कार कलाकार राम प्रसाद घिमिरे र सारंगी वाद्यवादक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कारसहित सम्मान गरिएको थियो भने पत्रकारीता पुरस्कार सिताराम बडाल, संरक्षक तथा अविभावक सम्मान पृथ्वी थकालीलाई गरिएको छ । साथै, नयाँ मानार्थ सदस्यलाई पनि सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो भने आजिवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर उत्कृष्ट काम गर्ने विभिन्न सदस्यहरुलाई पनि उत्कृष्ट सम्मान गरेको छ । उत्कृष्ट सम्मान पाउनेहरुमा केन्द्रबाट महिलामा गायिका देवी घर्ती मगर र पुरुषमा मोडल पिएन सापकोटा रहेका छन् । साथै, महिला नेतृत्वमा रहेर उत्कृष्ट काम गर्ने धादीङकी कमला गैरे थापाले सम्मान पाएकी छन् ।
त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की रहेका छन् । यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । त्यहाँ सुरेन्द्र गुरुङ अध्यक्ष रहेका छन् । यता काठमाडौं उपत्यका समन्वव समितिका अध्यक्ष सुजन लम्सालले उत्कृष्ट सम्मान पाएका छन् भने त्यसअन्तर्गत ९ वटा समिति मध्ये सुनधारा समितिका अध्यक्ष शैलेस रानाले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ । लालिगुरासबाट
comments