लोकप्रिय गायिका शर्मिला गुरुङ्गको साथमा अन्य गायिका एकै साथ ‘दर्के पानी’मा (भिडियो)

नमस्ते अन्लाईन टिभी काठमाडौं /शर्मिला गुरुङ,शिला आले र सकुन्तला थापाको तीज गीत दर्के पानी भर्खर मात्र सार्वजनिक भएको छ । ग्रज र नयाँ कलाकारहरुको समेत अवाज रहेको सो गीत सार्वजनिक भएको छोटो समयमै उत्कृष्ट गीत भन्ने उपाधी पाएको छ ।
हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज नजिकै आउदा कलाकार हरु लाई तिज गीत को तछडमछड भएको छ लकडाउन खुकुलो भए संगै स्टुडियो मा तिज गीत गाउनी र रेकर्डिङ गराउनी घ्यूईचो समेत लागेको छ ।
यसै सन्दर्भमा कला सास्कृति मासिदै गएको बेला ईनेपाल रोधिघरको प्रस्तुतिमा मौलिक गित संगीतकी बादशाह शर्मिला गुरुङ,शिला आले,शकुन्तला थापा,शिव हमाल र लोकप्रिय गायक सर्जक तथा कुशल सञ्चालक बाल कुमार श्रेष्ठको स्वर सर्जक शिव हमालको शब्द संगितमा तिज बिशेष गीत “दर्के पानि” सार्वजनिक भएको छ ।
प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियो दिपक गिरीले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा शर्मिला गुरुङ,शिला आले,शकुन्तला थापा,शिव हमाल,गणेश खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
इनेपाल रोधीघरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । लामो समय पछि एकै साथ तिज गीत मा देखा परेका चर्चित गायिका हरुले गाएको सो तिज गीत निकै उत्कृष्ट बनेको छ ।
हेर्नुहोस भिडियो
comments