ओम सुनारको एरेन्ज संगित तेजेन्द्र परियार र गायिका मुना सुनारको ”छम छम नाच बरी लै”सार्वजनिक

नमस्ते अन्लाईन टिभी काठमाडौँ । लोकप्रिय गायक ओम सुनारको एरेन्ज संगित तेजेन्द्र परियार र गायिका मुना सुनारको ”छम छम नाच बरी लै”सार्वजनिक भएको छ ।

नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेको बेला लोकप्रिय बाल कलाकार सचिन परियारका पिताश्री तेजेन्द्र परियार र मुना सुनारको स्वरमा तिज बिशेष गित”छम छम नाच बरी लै”सार्वजनिक भएको छ । ओम सुनारको एरेन्ज तथा संगित रहेको गीतमा लोकप्रिय सर्जक तथा गायक बिष्णु भट्टको शब्द रहेको छ । तेजेन्द्र परियारको स्वर भने यो पहिलो गित हो । देबेन्द्र कुँवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो राज पोखरेलको टिमले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा भने गायक तेजेन्द्र परियार र सचिन परियार सहित स्वस्तिका खड्का क्षेत्रि,प्रमिता राज घतानी लगायतका कलाकारको अभिनय रहेको छ । स्वस्तिमा खड्का पेशाले अर्कै भएता पनि मोडलिङ क्षेत्रलाई पनि अँगालेकि छन् । प्रमिता राज घतानीले भने दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । तेजेन्द्र परियारको भने यो पहिलो गित हो । तेजेन्द्र परियारलाई घरको समस्या बाहिर मिडियामा आए पछी सचिन परियारका कारण मिडिया तथा सामाजिक सन्जालमा गालीको ओईरो लाग्ने गर्दछ भने हरेक बोलेका शब्द भिडियो फुटेज काटेर टिकटकमा हालिरहेका हुन्छन ।

यसभन्दा अगाडी सचिन परियारले गाएको गित तथा धेरै म्युजिक भिडियोमा देखि सकेका छन् । यसपटक भने स्वयम् आफैले गित गाएका छन् भने म्युजिक भिडियोमा पनि आफै देखेका छन् । तर यसपटक भने गालि भन्दा तालि अर्थात चौतर्फी चर्चासंगै सकारात्मक प्रतिक्रिया आएका छन् ।

घतानी अभिनित म्युजिक भिडियो बजारमा एक पछी अर्को आईरहेका छन् भने केहि आउने तयारीमा रहेका छन् । लाईमलाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :

comments

Loading...

Ileana Media Pvt Ltd
9841571656
Email: info@namasteonlinetv.com
अध्यक्ष : अनिल गुरुङ

यशकुमार र निमा रुम्बाको दुश्मनी के को लागी ? चलचित्र ‘छिरिङ’को टीजर सार्वजनिक

नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका […]

From Facebook

Sponsor