गोरखाको भिमसेन थापा गाउँपालिकामा कांग्रेस बाट अध्यक्ष पदमा रहेका उम्मेद्वार रोशन गुरुङ्गको चौतर्फी चर्चा

नमस्ते अन्लाईन टिभी काठमाडौँ : पछिल्लो समयमा स्थानीय तहको निर्वाचनले नेपाल अधिराज्य तातिरहेको छ भने देश तथा गाउपालिकाले कस्तो उमेदबार पाउने र कस्तो उमेदबारलाइ भोट दिने भन्ने कुरा चासोका साथ लिइएको छ । सबै ठाउँमा राम्रो नेता तथा उम्मेदवारको खोजी भैरहेको समयमा गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्ग उमेदवार बनेका छन ।

नेपाली कांग्रेसको संगठनलाई मजबुत र संगठित रुपमा अधि बढाउदै अध्यक्षमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने उनले बताएका छन ।
नेविसंघबाट राजनीतिक यात्रा तय गरेका गुरुङ जस्तोसुकै परिस्थितिमा पनि हिम्मत नहार्ने युवा भएकाले ऊनी सबैमा लोकप्रिय रहेका छ्न ।
स्थानिय जनताको बीचमा निकै लोकप्रिय रहेका गुरुङ विगत लामो समयदेखि निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका व्यक्ति हुन्। उनको लगनशीलता,दक्षता र कार्यकुशलताले उनि पालिकाको हरेक गतिविधिमा आफु र आफ्नो टिमलाई खरोरूपमा उतार्ने गरेका छन्।
कांग्रेसको तल्लो तह देखिको नेतृत्व गर्दै आएका उनि केहि न केहि फरक विकासका कार्यहरु गर्दै आएका छन्। गुरुङ भिमसेनथापामा युबा पिडिहरुमा निकै लोकप्रिय नेता मानिन्छन उनलाई त्यस क्षेत्रमा भिजन भएको नेतृत्वको रुपमा त्यहाँका जनताले हेर्ने गरेका छन ।
राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता राख्दै आएका गुरुङ यतिबेला व्यापक चुनावी प्रचार प्रसारमा लागिसकेका छन । उनले त्यस क्षेत्रका स्थानीयको समस्या बुझेर समृद्द पालिका बनाउन विभिन्न प्रतिबद्दता जनाएका छन्।
उनि निकट श्रोतका अनुसार पालिकामा गुरुङको जीत सुनिस्चित रहेको बताउँदै आएका छन्। एमाले र माओवादीका थुप्रै कार्यकर्ताहरु यतिबेला कांग्रेसमा प्रवेश गरिसकेका छन्। एमाले र माओवादीको जनमत पहिले जस्तो पनि नभएको र अहिले सहजै आफुले पालिका जित्नेमा उनी ढुक्क रहेको बताएका छन ।
गुरुङ भिमसेनथापामा राजनैतिक रुपमा मात्र नभएर ब्यापार , शैक्षीक तथा आर्थीक र सामाजिक रुपमा पनि निकै अब्वल रहेका छन्। उनले भिमसेनथापा भित्रै धेरैलाई रोजगारी र अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग पनि गर्दै आएका छन्।
comments