नेकपा एमालेकाे तर्फबाट कटारी नपा वडा १० मा युवा नेता क्षेत्र बहादुर खडकाले वडा अध्यक्षमा उमेदबारी प्रचारप्रचार कार्यक्रम तिब्ररुपमा

नमस्ते अन्लाईन टिभी काठमाडौँ : पछिल्लो समयमा स्थानीय तहको निर्वाचनले नेपाल अधिराज्य तातिरहेको छ भने देश तथा गाउपालिकाले कस्तो उमेदबार पाउने र कस्तो उमेदबारलाइ भोट दिने भन्ने कुरा चासोका साथ लिइएको छ । सबै ठाउँमा राम्रो नेता तथा उम्मेदवारको खोजी भैरहेको समयमा नेकपा एमालेकाे कटारी नपा वडा १० मा चुनावि प्रचारप्रचार कार्यक्रम तिब्ररुपमा अघि बढाएकाे छ।
नेकपा एमालेकाे तर्फबाट युवा नेता क्षेत्र बहादुर खडकाले वडा अध्यक्षमा उमेदबारी दिनु भएकाे छ। उहाले समग्र साेरुङ्ग विकास गर्न युवाबाट मात्रै सम्भव भएकाे स्पष्ट पार्दै कार्ययाेजना सहित जनताकाे घरदैलाेमा गएकाे बताउनु भयाे। गाउकाे विकासमा युवाकाे बिकल्प नरहेकाे भन्दै सुर्य चिन्हमा मतदान गरि भारि मतले बिजय गराउन सम्पूर्ण १० नं: वडा वासिलाई अपिल गर्नुभएकाे छ। कटारी नगरपालिकाकाे पुर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले पुनः मेयरमा उमेदबारी दिनुभएकाे छ। त्यसै गरि उप मेयर: गीता खड्का,वडा नं १० मा अध्यक्ष : क्षेत्रबहादुर खडका,दलित महिला: तेज कुमारी बि.क, खुला महिला: गीता गिरी थापा, खुल्ला सदस्य: गणेश श्रेष्ठ,खुल्ला सदस्य : अमृत सुनुवार हुनुहुन्छ। आफ्नो स्पष्ट कार्ययोजना भएकाले जितकाे नजिक भएकाे क्षेत्र बहादुर खडकाले वताउनु भयाे।
comments