बेलायतवासी दीपक मैथाने मगरको आवाजमा पहिलो गित ‘चुल्ठी हल्लाउंदै’ सार्बजनिक(भिडियो सहित)

नमस्ते अन्लाईन टिभी काठमाडौँ : बेलायतलाई कर्म थलो बनाउदै आएका गुल्मीको मुल्कमा ,बसाइ कंचन गाउँपालीका -४ बनकसिया दियो बजार जन्मिएका हाल १३ बर्ष देखि बेलायतमा बस्दै आएको । स्व:हल्दार रत्न बहादुर थापा र आमा चमेली थापाको पाचौ सन्तान मध्येको कान्छो छोरो दीपक थापा “माईथाने मगर” बाल्यकाल देखि नै गित,संगीत, नृत्य,अभिनयमा एकदमै रुचि राख्ने ,र विभिन्न प्रतिस्पर्धामा बिजेता समेत भएको ,बिदेशमा भएता पनि आफ्नो कला संस्कार संस्कृतिको जगेर्ना गेर्ने सोच बिचार लिएर अगाडी बढी रहेका कलाकार दीपक मैथाने मगरले आफ्नो रचना संगीत संगै भिडियोमा अभिनय गरेका धेरै गीतहरु सार्बजनिक गरेता पनि आफनै आवाजमा गीत रेकर्ड गरि सार्बजनिक गरेको भने यो पहिलो पटक हो झट्ट आवाज सुन्दा गायक दीपक मैथाने मगर पनि गायक बन्न सक्कने सम्भाबना देखिएको छ भने निकै राम्रो शैमा आवाज भरेका छन् ‘चुल्ठी हल्लाउंदै’मा दीपक मैथाने मगरलाइ लोकप्रिय गायिका मिलन नेवारले समेत साथ दिएका छन् । 

चुल्ठी हल्लाउंदै’ भिडियोमा अभिनय तथा नित्यमा रीना थापा मगर र गायक दीपक मैथाने मगरको रहेको छ भने मोडल रिना थापा मगर लागि नेपाल देखि बेलायत कार्यक्रमको लागी गएका थिए भने सोहि मौका छोपी रीना थापा मगर संग दिपकले संगै सहकार्य गरेको समेत जानकारी पाएका छौ । उक्त गीतमा संगीत गंगाराज अनि संगीत सयोजन सन्जीव बराईली ,छायाकन तथा निर्देशन तथा सिनेमेतोग्राफर कुशल श्रेष्ठ रहेको छ भने मगर संघ यु,केको सह-संस्कृतिक सचिव “रुक आले” गायिका “शान्ति रानी परियार”, डान्सर “समीर लामा”,गहेन्द्र शाक्ये “NIMS PLUMBING & HEATING”/ LITTLE BUDDHA TAKEAWAY RESTAURANT परिवारले साथ सहयोग गरेको समेत हामीले जानकारी पाएका छौ । उक्त गीत तथा भिडियोलाई MAITHANE ENTERTAINMENT य्टुब च्यानल बाट सार्बजनिक गरिएको छ छ ।
comments