चलचित्र ‘सानिमाया’मा मुख्य भुमिकामा देखिदै अर्जुन थापा ।

नमस्ते अन्लाईन टिभी काठमाडौँ । पछिल्लो समयमा नेपाली चलचित्रले सोचेको भन्दा पनि राम्रो चर्चा परिचर्चा तथा बक्सअफिसमा राम्रो कलेक्सन सानै राम्रो ब्यापार गरेको अबस्थामा नेपाली चलचित्र धमाधम निर्माण भैइ रहेको छ भने सोहि कारणले पनि फेरी अर्को नया नेपाली चलचित्र बजारमा अर्को चलचित्र बन्ने भएको छ ।

चलचित्र सनिमाया । 8848 इन्टरटेनमेन्ट प्रा.लिको ब्यानर, गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्यक्रम बैशाख २० गते बुधबार भद्रकाली मन्दिरमा पुजा गरि भद्रकाली सपिङ सेन्टर स्थित बन्चरे क्याफेमा कार्यक्रम गरि सम्पन्न भएको हो । राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले गर्मे छ्न भने
चलचित्रमा नायक अर्जुन थापा, पृयन्का श्रेष्ठ, स्वयक्षा ढकाल, अभिषेक फुइयाल, मुख्य भुमिकामा रहनेछन राम्चन्द्र अधिकारी, शारदा गिरि काली बुढी, सावित्रा चिलुवाल, राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिङ घ्लान, भिमशेन खतिवडा, सनैया घिमिरे, लगायतको अभिनय रहने छ। चलचित्रको आगामी जेष्ठ १५ गते बाट शुटिङ हुने निर्माण पक्ष ले बतायका छन भने ओ यश आर डिजिटलले चलचित्रको डिजिटल पार्ट्नर रहेको छ, शुभ मुर्हत कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष, चलचित्र निर्माता राजकुमार राइको प्रमुख आतिथिको रुपमा हुनुहुन्थ्यो भने चलचित्र कलाकार सङका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओयसआर डिजिटलका प्रोप्राइटर ॐ प्रकश अग्रवाल, कानुनबिद प्रतीक्षा पोखरेल, लायन्स क्लबका टंक नाथ पौडेल लगायत बिशिस्ट अतिथिहरुको उपस्थितिमा सम्मपन्न भएको कार्यक्रमलाइ पत्रकार एलिजा केसिले सन्चालन गरेकी थिन । 


comments