एस.ई.ई उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई विश्वज्योतिद्धारा नगद सहित सम्मान

नमस्ते अन्लाईन टिभी काठमाडौँ / देवचुली वडा नं १५ मा रहेको विश्वज्योति माध्यमिक विद्यालयले एस।ई।ई उत्तीर्ण गरेका तीन विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई० २०७९ मा सहभागी भई जिल्ला प्रथम एकजना विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने सम्पूर्णलाई बधाई तथा सम्मान गरेको हो । ३।९५ जि।पि।ए ल्याएर जिल्ला प्रथम हुन सफल भएकी कृतिका काफ्लेलाई नगद रु ५ हजार, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो भने ३।८५ ल्याएका संरक्षण आचार्य र कुशल भट्टराईलाई नगद रु ३ हजार, प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । यसैगरि अन्य विद्यार्थीहरुलाई ‘टोकन अफ लभ’ले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रदिप बास्तोलाले विद्यार्थीहरुको अथाह मेहेनतले आज जिल्लामा नै प्रथम हुन सफल भएकोमा विद्यार्थी एव्म शिक्षकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अभिभावकहरुले बालबालिकाको दोस्रो घर नै विद्यालय भएकाले आजसम्म आफ्ना बालबालिकाको शिक्षामा शिक्षकहरुले दिनुभएको योगदानको सम्मान गरेका थिए । यसैगरि बालबालिकाको भविष्य निर्धारणमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको र त्यो भूमिका विश्वज्योति मा।विले सहि ढंगबाट निभाएको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले खुशी हुँदै विद्यालय अवधिभर भोगेका कुरालाई स्मरण गरेका थिए । उनीहरुले एस।ई।ईमा उत्कृष्ट हुन विद्यालय र शिक्षकहरुको अतुलनीय सहयोग रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा एस।ई।ई उत्तीर्ण विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोती प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका प्रोग्राम कोओडिनेटर चन्दा बास्तोलाले गर्नुभएको थियो ।
comments