यशकुमार र निमा रुम्बाको दुश्मनी के को लागी ? चलचित्र ‘छिरिङ’को टीजर सार्वजनिक

नमस्ते अन्लाईन टिभी काठमाडौँ : रिदम फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘छिरिङ’ आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ। एक्सनले भरिपूर्ण टीजरमा गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेको छन् भने यो चलचित्रमा सबिर श्रेष्ठको कथा छ रहेको छ । स्क्रिनप्ले यश कुमार र याम थापाको ,चन्द्र पन्तको द्वन्द निर्देशन छ।चलचित्र मुस्ताङ्गका विभिन्न मनोरम ठाउँहरुमा दृश्यांकन गरिएको देख्न सकिन्छ।
सार्वजनिक भयको छोटो समयमा दर्शक हरुले उक्त टीजरलाई निकै मन पराएका छन् । चलचित्रमा मुख्य कालकारहरु यशकुमार निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भूजेल गरेका छन् । केहि समय अगाडी रिलिज भयको चलचित्र कागबेनी बाट चलचित्र छेत्रमा पाईला टेक्नु भयका गायक तथा नायक निमा रुम्बा अहिले ‘छिरिङ’ मार्फत कमब्याक गरेका छन्। ‘छिरिंगमा’ दुई पति भएकी एक युवतीले गर्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध चलचित्रको कथा वस्तु समावेश छ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी मानकृष्ण महर्जनको छायांकन तथा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन छ । चलचित्र आगामी असोज १२ गतेबाट देशव्यापी रुपमा रिलिज हुँदैछ।
comments